५० वर्षभन्दा माथि पहिलो विवाह गर्नेको संख्या सबैभन्दा कम
काठमाडौं : ५० वर्षभन्दा माथि उमेर पुगेपछि पहिलो विवाह गर्नेको संख्या सबैभन्दा कम भएको पाइएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपालको जनसंख्या संक्षिप्त नतिजाअनुसा ५० वर्षभन्दा माथि पहिलो विवाह गर्नेहरू ३ हजार ६४६ जना छन्। जसमा २ हजार ८१३ पुरुष र ८३३ महिला छन्।
नेपालमा सबैभन्दा बढि विवाह गर्ने उमेर समूह १८ देखि २० वर्ष हो। यो उमेर समूहका ५५ लाख ११ हजार ६२६ मानिसले विवाह गरेको तथ्याङ्कमा उल्लेख छ।
जसमा २३ लाख १८ हजार पुरुष र ३१ लाख ९३ हजार महिला छन्। १० वर्षभन्दा माथिको जनसंखयाको ३४.४ प्रतिशत हो।
दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२.३ प्रतिशत छन्। दश वर्षमूनिको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०.३ प्रतिशत छन्। यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत छन्।
समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउँछ्, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ।
चैत १०, २०७९ शुक्रबार १५:३६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।