हिमाली क्षेत्रको जनसंख्या ८ हजारले घट्यो, बस्छन् ६ प्रतिशत मात्र
काठमाडौं : हिमाली क्षेत्रमा जनसंख्याको ६ प्रतिशत मात्रै बसोबास गर्ने गरेको पाइएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपालको जनसंख्या संक्षिप्त नतिजाअनुसार हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.०८ प्रतिशत अर्थात १७ लाख ७२ हजार ९४८ जना मात्र बसोबास गर्छन्।
सबैभन्दा बढि मानिस तराई क्षेत्रमा बस्छन् भने त्यसपछि पहाडमा। राष्ट्रिय जनगणना २०७८ अनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत अर्थात १ करोड ५६ लाख ३४ हजार ६ जना र पहाडमा ४०.३१ प्रतिशत अर्थात १ करोड १७ लाख ५७ हजार ६२४ जना बस्छन्।
२०६८ को जनगणनामा तराईमा ५०.२७ प्रतिशत अर्थात १ करोड ३३ लाख १८ हजार ७०५, पहाडमा ४३.०१ प्रतिशत अर्थात १ करोड १३ ला ९४ हजार ७ र हिमालमा ६.७३ प्रतिशत अर्थात १७ लाख ८१ हजार ७९२ जना थिए।
यसरी हेर्दा तराई र पहाडी क्षेत्रमा जनसंख्या बढे पनि तराईका क्षेत्रमा गत जनगणनाभन्दा ८ हजार ८४४ जना घटेको देखिन्छ।
पछिल्लो तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ।
चैत १०, २०७९ शुक्रबार १५:११:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।