१० वर्षमा १२ लाख परिवार थपिए

१० वर्षमा १२ लाख परिवार थपिए

काठमाडौं : गत १० वर्षमा १२ लाख परिवार थपिएका छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपालको जनसंख्या संक्षिप्त नतिजाअनुसार १० वर्षमा १२ लाख ३९ हजार ६३५ परिवार थपिएका हुन्।

२०६८ सालको जनगणना अनुसार ५४ लाख २७ हजार ३०२ परिवार संख्या थियो।

अहिले उक्त संख्या २३ प्रतिशतले बढेर बढेर ६६ लाख ६६ हजार ९३७ पुगेको छ। जसमध्ये व्यक्तिगत परिवार ६६,६०,८४१ र संस्थागत परिवार ६,०९६ रहेका छन्।

परिवार संख्या बढे पनि जनसंख्या वृद्धिदरमा भने कमी आएको छ। २०६८ मा १.३५ प्रतिशतले भएको जनसंख्या वृद्धिदर अहिले ०.९२ प्रतिशतले मात्र भएको छ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ।

चैत १०, २०७९ शुक्रबार १५:०१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।