अब चितवनबाट पनि लाइसेन्स लिन सकिने

अब चितवनबाट पनि लाइसेन्स लिन सकिने

चितवन : यातायात व्यवस्था कार्यालयले अब चितवनबाट पनि लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ।

कार्यालयले आइतबारदेखि चितवनबाट लाइसेन्स वितरणको लागि अनलाइन फाराम भर्ने गरी तयारी भइरहेको कार्यालयका प्रमुख कालिप्रसाद भुजेलले जानकारी दिए।

कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ।

भुजेलका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार/जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ।

यसअघि चितवनका मानिसहरू सवारी चालक अनुमतिपत्रका लागि हेटौंडा, वीरगञ्ज, कावासोती, काठमाडौं लगायतका ठाउँमा जान बाध्य थिए।

चैत १०, २०७९ शुक्रबार १३:१६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।