देशको २३.८ प्रतिशत जनसंख्या अझै निरक्षर

देशको २३.८ प्रतिशत जनसंख्या अझै निरक्षर

काठमाडौं : नेपालको २३.८ प्रतिशत जनसंख्या अझै निरक्षर रहेको पाइएको छ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। 

२०६८ सालको जनगणनाको तुलनामा यो साक्षरता दर करिब ११ प्रतिशतले बढे पनि देशमा अझै पढ्न लेख्न जान्नुपर्ने उमेर समूहका करिब एक चौथाइ मानिस निरक्षर रहेको पाइएको छ।

नयाँ तथ्यांकअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। यस उमेर समूहका कुल ६३ लाख ३४ हजारभन्दा बढी मानिस अझै पढ्न-लेख्न जान्दैनन्।

यसमा पनि महिलाको साक्षरता दर अझ कम छ। ८३.६ प्रतिशत पुरुष साक्षर रहेको पाइएकामा महिलाको साक्षरता दर भने ६९.४ प्रतिशत छ।

चैत १०, २०७९ शुक्रबार १३:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।