३ करोड नजिक पुग्यो नेपालको जनसंख्या, बाग्मती र काठमाडौंमा सबैभन्दा बढी मानिस (पूर्णपाठसहित)
काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको आधिकारिक घोषणा भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार राष्ट्रिय जनगणना-२०७८ को नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या ३ करोड नजिक पुगेको घोषणा गरेका हुन्।
२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो। नेपालमा १०/१० वर्षमा जनगणना हुने गर्छ।
नयाँ तथ्याङ अनुसार देशमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको छ।
त्यसैगरी देशको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश वाग्मती रहेको छ। वाग्मतीमा ६१ लाख २० हजार जनसंख्या रहेको छ। जुन कुल जनसंख्याको २०.९७ प्रतिशत हो।
सबैभन्दा कम जनसंख्या भएको प्रदेश भने कर्णाली हो । कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या रहेको छ।
त्यसैगरी भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत, पहाडमा ४०.३१ प्रतिशत र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत जनसंख्या रहेको छ।
नयाँ तथ्याङले देशमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार रहेको देखाएको छ।
जनगणना अुसार हाल नेपालको वार्षिक औसत जनसंख्या वृद्धिदर प्रति वर्ष ०.९२ प्रतिशत रहेको छ भने जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ।
जसअनुसार सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा ५ हजार १६९ जना प्रतिवर्ग किलोमिटर छ।
सबैभन्दा बढी जनसंख्या भएको जिल्ला पनि काठमाडौं नै रहेको छ। जसअनुसार यहाँको जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ।
चैत १०, २०७९ शुक्रबार १२:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।