आज मौसम सामान्यतया सफा रहने, पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा

आज मौसम सामान्यतया सफा रहने, पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा

काठमाडौं : आज (शुक्रबार) देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

जल तथा मौसम विभागका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली भइ मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति भने कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत १०, २०७९ शुक्रबार ०७:११:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।