हेलिकप्टर उडाइरहेको बेला  एटीसीसँग अश्लील शब्द बोल्ने पाइलट कारबाहीमा

हेलिकप्टर उडाइरहेको बेला  एटीसीसँग अश्लील शब्द बोल्ने पाइलट कारबाहीमा

 

काठमाडौँ : हेलिकप्टर उडाइरहेको बेलामा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लील शब्द बोलेको भन्दै अन्नपूर्ण हेलिकप्टरका पाइलट कारबाहीमा परेका छन्।

काठमाडौँ–लुक्ला उडानका क्रममा उनले टावरसँग अश्लील शब्द बोलेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण हेलिकप्टरका पाइलटलाई ग्राउन्डेड गरेको हो।

प्राधिकरणका अनुसार ती पाइलटले २०२३ मार्च २१ का दिन काठमाडौँबाट लुक्ला जाने क्रममा नियमित सम्पर्कमा रहनुपर्ने एटीसीसँगै मिस कम्युनिकेसन गरेका थिए।

उडान सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि प्राधिकरणले एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटलाई समेत कारबाही गर्दै ग्राउन्डेड गरेको छ।

उनीहरूले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्टाएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए। तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन पाउँदैनन्।

चैत ९, २०७९ बिहीबार २२:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।