नेपाल टेलिकमको नेटवर्कमा फेरि समस्या, ‘भोल्टे’ सेवा अवरुद्ध
काठमाडौं : नेपाल टेलिकमको फोर जी नेटवर्कबाट हुने टेलिफोन सेवा भ्वाइस ओभर एलटीई (VOLTE)मा समस्या आएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार बिहान करिब पौने दश बजेदेखि भोल्टे सेवामा समस्या आएको पुष्टि गरे।
‘टुजी, थ्रीजीमा समस्या छैन, भोल्टेमा समस्या आएको हो,’ उनले भने, ‘भोल्टे चलाइरहेकाहरूले टुजी या थ्रीजीमा फेरेर फोन गर्दा समस्या आउँदैन्।’
भोल्टेको फोन कलमा समस्या आए पनि फोर जी डाटा नेटवर्कमा भने समस्या नरहेको उनले बताए।
भोल्टेमा समस्या आउँदा यसमा आधारित पोस्टपेड तथा प्रिपेड दुवै किसिमका सेवाग्राही फोन नलाग्ने समस्यामा परेका हुन्।
यसअघि एक साता अघि मात्र पनि टेलिकमको फोन कलमा समस्या आएको थियो भने त्यसअघि पनि पटक-पटक समस्या देखिइरहेको छ।
चैत ८, २०७९ बुधबार १०:५५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।