म्याग्दीमा असिनापानीले हिउँदेबाली नष्ट

म्याग्दीमा असिनापानीले हिउँदेबाली नष्ट

म्याग्दी : जिल्लाको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले घरमा भित्र्याउने बेला भएकाे हिउँदे बाली नष्ट भएको छ।

पाक्नै लागेको हिउँदे बाली असिनाले नष्ट गरेपछि कृषक चिन्तित भएका हुन्।

पानीसँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वार, वडा नम्बर ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रका बालीमा क्षति पुगेको छ।

यसअघि गत शनिबार पनि भकिम्ली र चिनाखेतमा असिना परेको थियो।

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौं र उवा लगायतका घरमा भित्र्याउने बेला भएकाे हिउँदे बालीमा असिनाले क्षति गरेको हो।

चैत ७, २०७९ मंगलबार १९:३२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।