जातीय हिंसा र छुवाछुत विरुद्ध उभिन प्रधानमन्त्रीले गरे अपिल

जातीय हिंसा र छुवाछुत विरुद्ध उभिन प्रधानमन्त्रीले गरे अपिल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल  (प्रचण्ड)ले सम्पूर्ण नेपालीलाई छुवाछुत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका हुन्।

उनले भने, ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछुत र जातीय हिंसाविरुद्ध उभिदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दछु।’

चैत ७, २०७९ मंगलबार १२:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।