गुडिरहेको ट्रयाक्टर अनियन्त्रित भइ सडकमा पल्टिंदा दुई जनाको मृत्यु, २६ घाइते
कैलाली : कैलालीमा गुडिरहेको ट्रयाक्टर आफैं अनियन्त्रित भइ सडकमा पल्टिंदा दुई जनाको मृत्यु भएको छ।
कैलालीको दक्षिण पूर्वी क्षेत्र जोशीपुर गाउँपालिका-७ मा गए राति से १ च ८८७० नंको ट्रलीसहितको ट्रयाक्टर दुर्घटना भएको हो।
दुर्घटनामा परी अन्य २६ जना घाइते भएका छन्। घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्रयाक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ।
चैत ७, २०७९ मंगलबार १०:२७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।