आजको मौसम : देशैभर पानी पर्न सक्ने, हावाहुरी र असिनाको समेत सम्भावना

आजको मौसम : देशैभर पानी पर्न सक्ने, हावाहुरी र असिनाको समेत सम्भावना

काठमाडौं : आज सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै देशभर सामान्य देखि पूर्ण बदली रहने तथा हावाहुरी र असिना पनि पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज राति समेत देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।

चैत ७, २०७९ मंगलबार ०७:१५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।