नेपाल प्रहरीका ५ डीआईजीलाई सरकारले गर्यो एआईजीमा बढुवा
काठमाडौं : नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ।
बढुवा हुनेहरूमा वसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन्।
गृह मन्त्रालयको सिफारिसमा आज (सोमबार) बसेको मन्त्रीपरिषदको बैठकले यी पाँचै जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले यी पाँचै जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
चैत ६, २०७९ सोमबार ११:०३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।