आजको मौसम : मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं : आज (सोमबार) देशभर सामान्य देखि पूर्ण बदली रही पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।
आज राति पन पहाडी तथा तराई भू-भागमा चट्याङसहित क्षणिकदेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
चैत ६, २०७९ सोमबार ०७:२८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।