आजको मौसम : पहाडी र तराई भू-भागमा पानि पर्न सक्ने, हावाहुरीको सम्भावना

आजको मौसम : पहाडी र तराई भू-भागमा पानि पर्न सक्ने, हावाहुरीको सम्भावना

काठमाडौं : आज (शुक्रबार) देशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देश भर आंशिक देखी सामान्य बदली रहनेछ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

त्यसैगरी आज राति पनि​​​​​​​ देश भर आंशिक देखी सामान्य बदली भइ पहाडी पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जनसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

चैत ३, २०७९ शुक्रबार ०७:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।