पशुपति क्षेत्रमा श्री पशुपति हिन्दु विश्वविद्यालय खोल्ने सरकारको निर्णय, अध्ययन गर्न बनायो समिति

पशुपति क्षेत्रमा श्री पशुपति हिन्दु विश्वविद्यालय खोल्ने सरकारको निर्णय, अध्ययन गर्न बनायो समिति

काठमाडौँ : सरकारले श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ। विश्वविद्यालय स्थापना गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गरेको हो।

निर्णयमा हिन्दु धर्मको खोज तथा अनुसन्धान गर्न विश्वविद्यालय स्थापना गर्ने उल्लेख छ।

पर्यटन मन्त्री सुदन किराँतीले बिहीबार विश्वविद्यालयका माध्यमबाट हिन्दु धर्मसम्बन्धी विज्ञ उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने बताएका थिए।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताए। हिन्दु धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्म चिन्तनको संस्थागत विकास गर्न विश्वविद्यालय निर्माण गर्न लागिएको उनको तर्क थियो।

फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको थियो।

सो समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा थिए।

समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ।

चैत ३, २०७९ शुक्रबार ००:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।