‘जुम मिटिङ’मै महिला कर्मचारीलाई अश्लील हर्कत गर्ने डीन निलम्बन
काठमाडौं : चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डीन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ।
जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको उपकुलपति प्राध्यापक पुण्य प्रसाद रेग्मीले जानकारी दिए।
उनका अनुसार अश्लील क्रियाकलापका सम्बन्धमा छानबिन गर्न बिहीबार तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ।
विश्वविद्यालयकै प्रा.डा. श्रवण कुमार साहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिलाई १५ दिनभित्र सत्यतथ्य जाँच गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको उनले बताए।
दत्तले कृषि संकायका ६३ जनाभन्दा बढि सहभागी बैठकमा अश्लील हर्कत देखाएका थिए। सामाजिक सञ्जालमा बुधबार डीन दत्तले गरेका अश्लील हर्कतको भिडियो बाहिरिएको थियो।
मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको हो।
सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ।
चैत २, २०७९ बिहीबार १६:१८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।