सोमबार २२ असार, २०८३
जसपाबाट मञ्जु अन्सारी समानुपातिक सांसद् सिफारिस
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
जसपा सांसद् सहनाज रहमानको गत फागुन १३ गते निधन भएपछि प्रतिनिधि सभामा उनको स्थान रिक्त थियो। सोही स्थानमा सप्तरी निवासी अन्सारीलाई पार्टीले सिफारिस गरेको हो।
चैत २, २०७९ बिहीबार १५:०४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।