आज अपरान्ह मेघगर्जनसहित पानी पर्न सक्ने

आज अपरान्ह मेघगर्जनसहित पानी पर्न सक्ने

काठमाडौं : आज (बिहीबार) देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराईका एक-दुई स्थानमा अपरान्हतिर मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देश भर आंशिक देखी सामान्य बदली रहनेछ।

त्यसैगरी राती पनि पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

चैत २, २०७९ बिहीबार ०७:१०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।