कीर्तिपुरमा अवस्था ठीक नभएका सवारी चलाउने १० चालकलाई कारबाही

कीर्तिपुरमा अवस्था ठीक नभएका सवारी चलाउने १० चालकलाई कारबाही

काठमाडाैं : कीर्तिपुरमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका १० वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वार १ सयभन्दा बढि सवारी साधन परीक्षण गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका १० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सवारी साधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ।

फागुन ३०, २०७९ मंगलबार १८:५२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।