पार्किङबाट निकाल्ने क्रममा ट्याक्टरले ठक्कर दिएपछि १८ महिने बालकको मृत्यु

पार्किङबाट निकाल्ने क्रममा ट्याक्टरले ठक्कर दिएपछि १८ महिने बालकको मृत्यु

काठमाडौं : कैलालीमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका १८ महिने बालकको मृत्यु भएको छ।

सोमबार पार्किङबाट सडकमा निकाल्दा ट्याक्टरले ठक्कर दिएपछि टिकापुर नगरपालिका-१ का तनविर अन्सारीका १८ महिने छोरा हारिस गम्भीर घाइते  भएका थिए।

यसपछि उपचारका क्रममा टीकापुर अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ४५ वर्षीय चालक पर्शुराम चौधरीले सुदूरपश्चिम प्रदेश ०१-००२ त ६४८४ नम्बरको ट्याक्टर पार्किङबाट निकाल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो।

फागुन ३०, २०७९ मंगलबार ०९:१५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।