आजको मौसम : पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुने

आजको मौसम : पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुने

काठमाडौं : आज (मंगलबार) देशका पहाडी भू-भागका केही स्थान र तराईका एक/दुई ठाउँमा मेघगर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।

त्यसैगरी राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

फागुन ३०, २०७९ मंगलबार ०७:११:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।