ललितपुरबाट चोरी भयो आठौं शताब्दीको बुद्धको दुईवटा मूर्ति
तस्बिर : चापागाँउ फेसबुक पेज
काठमाडौं : ललितपुरको चापागाँउबाट आठौं शताब्दीको ऐतिहासिक र पुरातात्त्विक महत्वका बुद्धको दुईवटा मूर्ति चोरी भएको छ।
चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालयसँगैको चैत्यमा रहेको बुद्धको मूर्ति गए राति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिएका छन्।
यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ।
चारवटा मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ गते पनि मूर्ति चोरी भएको थियो। चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ।
फागुन २९, २०७९ सोमबार ११:१२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।