आजको मौसम : पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौं : आज देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार देशका अन्य भू-भागमा भने आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
फागुन २९, २०७९ सोमबार ०७:१२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।