जसपाबाट उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी र गठबन्धनको बैठकले लगाउँछ : यादव

जसपाबाट उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी र गठबन्धनको बैठकले लगाउँछ : यादव

काठमाडौं : जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदको लागि अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुने  उपराष्ट्रपति पदका उम्मेदवार राम सहाय यादवले बताएका छन्।

जसपाबाटै उपराष्ट्रपति पदका लागि प्रमिला कुमारी र राम सहाय यादव दुई जनाको उम्मेदवारी परेको छ।  

आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन अधिकृतको कार्यालयले दाबी विरोधविरुद्ध उनको उम्मेदवारी कायमै रहने निर्णय गरेसँगै उनले पार्टीले २ जनाको उम्मेदवारी दिएकोमा अन्तिम टुंगो पार्टी र गठबन्धनको बैठकबाट नै लाग्ने बताए।

उनले भने, ‘पार्टीको तर्फबाट २ वटा उम्मेदवारी परेको छ। यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्छौँ। गठबन्धन र पार्टीमा छलफल गरेर अघि बढ्छौँ।’

फागुन २८, २०७९ आइतबार १२:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।