आज पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं : आज देशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले पछिल्ला दिनमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको हो। 

आज बिहान र दिउँसो मौसम राम्रो रहे पनि साँझपख देशका पहाडी भू-भागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले बताए।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २८, २०७९ आइतबार ०९:१९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।