गृह मन्त्रालयले गर्यो ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।
बढुवा सिफारिस भएका डीआईजीहरू मध्ये सिफारिसको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर रहेका छन्।
यसपछि क्रमश: डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवाका लागि सिफारिस भएका छन्।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले यी पाँचै जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
फागुन २६, २०७९ शुक्रबार १५:१४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।