श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ।

क्यानले एयरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो।

प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले उकेरालाई जानकारी दिए।

विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटी पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको उनको भनाइ छ।

क्यानका प्राविधिकले जहाजको इञ्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउने उनले बताए।

प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान भर्न  पाएका छैनन्।

बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडान भरेको नाइन एन–एएनआर जहाजको इञ्जिनमा आगो लागेको सङ्केत देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको थियो।

फागुन २६, २०७९ शुक्रबार १०:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।