मंगलबार १५ बैशाख, २०८३
२०४७ सालको संविधान लागू गर्नुपर्नेसहित दुर्गा प्रसाईंद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा
काठमाडाैं : झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्।
व्यवसायी प्रसाईंले आफ्नो अभियानका अभियन्ताहरूलाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल छोड्नुपर्ने माग गरे।
उनले बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने, नेपालमा जन्मिएर विश्वभर छरिएर रहेका नेपालीहरूले दोहोरो नागरिकता राख्न पाउनुपर्नेजस्ता माग राखेका छन्।



फागुन २५, २०७९ बिहीबार १२:३७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।