भैरहवा उडेको श्री जहाजको इन्जिनमा आगो देखिएपछि काठमाडौं फर्काइयो
काठमाडौंं : काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो। जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलले जानकारी दिए।
चालक दलका सदस्यले काठमाडौंबाट जहाज उड्नासाथ इन्जिनमा आगो देखिएको टावरलाई जानकारी गराएको थियो। जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन्।
जहाजमा आगो लागेको सूचना आएपछि विमानस्थलमा उच्च सतर्कता अपनाइएको थियो भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय होल्ड गरिएको थियो।
फागुन २५, २०७९ बिहीबार १०:१७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।