टिपरको ठक्कर दिँदा पत्रकार पवनलालको मृत्यु

टिपरको ठक्कर दिँदा पत्रकार पवनलालको मृत्यु

काठमाडौँ : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौँको शंखरापुरमा भएको दुर्घटनामा पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्काको मृत्यु भएको हो।

बुधवार बेलुका साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवैको मृत्यु भएको हो।

श्रेष्ठ साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन्।

फागुन २५, २०७९ बिहीबार ०७:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।