प्यालेष्टाइनको पोस्टमा नेपालको ६ गोल, दिपा शाहीले गरिन् ह्याट्रिक
काठमाडौं : एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले प्यालेष्टाइनलाई ६-० गोलको फराकिलो अन्तरले हराएको छ।
बुधबार फैजल अल हुसेनी रंगशालामा भएको खेलमा नेपालले एकतर्फी खेल खेल्दै सानदार जित निकाल्यो। नेपालको जितमा दिपा शाहीले ह्याट्रिक गरिन्।
उनले खेलमा कुल चार गोल गरेकी थिइन्। त्यसैगरी गरिमा राईले पनि दुई गोलको योगदान दिइन्।
खेलको पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थपेको थियो।
यो जितसँगै नेपालले ३ अंक जोडेको छ। अब दोस्रो खेल नेपालले सोमबार नर्दन मारियानासँग खेल्नेछ।
यस समूहमा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड गरी तीन टिम रहेका छन् भने समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छ।
फागुन २४, २०७९ बुधबार २१:०२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।