होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीको चेकजाँच कडा
काठमाडौं: होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। आज बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँच कडा पारेको हो।
होली पर्वको अवसरमा मानिसहरु उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन
चलाउने गतिविधिहरू हुने गरेको छ।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ। नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली
खेल्न आग्रह गरेको छ।
साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ।
फागुन २२, २०७९ सोमबार १०:५८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।