आज फागु पूर्णिमा, पहाडी भू-भागमा होली पर्व

आज फागु पूर्णिमा, पहाडी भू-भागमा होली पर्व

काठमाडौं: आज फागु पूर्णिमा। आज देशका पहाडी भू-भागमा होली पर्व मनाउने चलन छ।

तराई क्षेत्रमा भने भोलि होली मनाइन्छ। एक आपसमा रङ्ग तथा अबीर लगाएर मनाउने होली असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि मनाउने प्रचलन छ।

शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनको रूपमा होलीलाई लिइन्छ।

नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्त्वपूर्ण चाड हो होली।

फागुन २२, २०७९ सोमबार ०७:४०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।