अछाम र काभ्रेमा केन्द्रविन्दु भई दुई भूकम्प

अछाम र काभ्रेमा केन्द्रविन्दु भई दुई भूकम्प

काठमाडौं: आज एकैदिन नेपालमा दुई भूकम्प गएको छ। अछाम र काभ्रेपलाञ्चोक जिल्ला केन्द्रविन्दु भएर दुई भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भई ४.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प बिहान ८ बजेर ३५ मिनेटमा गएको थियो।

यस्तै काभ्रेको काशीखण्ड केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प बिहान ८ बजेर ३ मिनेटमा गएको थियो।

फागुन २१, २०७९ आइतबार ११:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।