माधव नेपालका भाइ सरोज छैटौँ तलाबाट खसेको नभई हाम्फालेको देखियो

माधव नेपालका भाइ सरोज छैटौँ तलाबाट खसेको नभई हाम्फालेको देखियो

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय (नेपाल) रेष्टुराँबाट खसेको नभई हाम्फालेको देखिएको छ। एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका उनको शङ्खमुलमा रहेको एक रेष्टुराँको छैटौं तलाबाट खस्दा मृत्यु भएको थियो।

सिभिल अस्पताल बानेश्वरमा सामान्य उपचारपछि उनलाई अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो। तर शनिबार अपराह्न उनको मृत्यु भएको थियो।

घटनाको अनुसन्धानमा सरोज तीन दिनदेखि नियमित सो रेष्टुराँमा जाने गरेको खुलेको छ। अन्य दिनमा जस्तै उनी शनिबार पनि सो रेष्टुराँ गएका थिए। त्यहाँ मम मगाएका थिए।

एक्कासि पोलको तारमा आगो लाग्यो अनि एक व्यक्ति सडकमा झरे। उनी सरोज थिए। प्रहरी उनी बसेको स्थानमा पुग्दा दुई डल्ला मम प्लेटमै बाँकी थियो। नजिकैको अर्को टेबलमा जुत्ताले टेकेको डाम थियो।

अनुसन्धानमा छैटौँ तलामा रहेको रेष्टुराँबाट अकस्मात् झुक्किएर खस्नसक्ने अवस्था देखिएन। नजिकैको टेबलमा भएको डाम र घटनास्थलको आधारमा प्रहरी सरोज खसेको नभई हाम्फालेको निष्कर्षमा पुगेको हो।

फागुन २१, २०७९ आइतबार ११:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।