लागूऔषध सेवन गरेर सवारी चलाउने ११ जना प्रहरी नियन्त्रणमा
काठमाडौं: काठमाडौंको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ वटा सवारी साधनका चालकलाई जाँच गर्दा ११ जनाले लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो।
बा२ख १२४४ नम्बरको हायसका चालक धादिङका २६ वर्षीय ईश्वर श्रेष्ठ, ग१ख २७७२ नम्बरको हायसका चालक धादिङकै २६ वर्षका नारायण परियार, बा२ख २०७४ नम्बरको हायसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग१ख २९५९ नम्बरको हायसका चालक गोरखाका २९ वर्षीय नरेश गुरुङ, ग१ख २९५७ नम्बरको हायसका चालक बाराका ३८ वर्षीय रामप्रसाद आचार्य, ग१ख २८१९ नम्बरको हायसका चालक कास्कीका २६ वर्षीय नवीन विक, प्रदेश२-०३-००१ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका २३ वर्षीय नजाम हुसेन, बा८८प २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका ४० वर्षीय श्यामकुमार तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैगरी ना७ख ६२२४ नम्बरको ट्रकका चालक ४० वर्षीय बाराका जयराम साह तेली, ना४ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी- ३ का ३४ वर्षीय बिक्रम दमाई र बा४ख ६२९ नम्बरको टिपरका चालक धादिङका २५ वर्षीय अशोक घिमिरेलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी प्रभाग बलम्बु पठाइएको छ। उनीहरूलाई थुनामा राखेर लागूऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
फागुन २०, २०७९ शनिबार ११:३१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।