सरकारले बढायो दूधकाे मूल्य

सरकारले बढायो दूधकाे मूल्य

काठमाडौं : सरकारले दूधको मूल्य बढाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा दूधको मूल्य प्रति लिटर ९ रूपैयाँले बढाएको एक मन्त्रीले जानकारी दिए।

यसअघि ५६ रूपैयाँ प्रति लिटरमा दूध बेच्दै आएका किसानले अब एक लिटरको ६५ रूपैयाँ ५० पैसा पाउनेछन्।

यद्यपि उपभोक्ताले भने किसानले बेचेको मूल्यभन्दा धेरै मूल्यमा दूध किन्दै आएका छन्।

फागुन १९, २०७९ शुक्रबार २१:०८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।