सुनवलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
काठमाडौं: नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका- २ मा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा रामग्राम नगरपालिका- १७ का २७ वर्षीय आशिषकुमार यादव र ३४ वर्षीय शैलेश यादव घाइते भएका थिए। घाइतेहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको थियो।
उपचारको क्रममा शैलेशको भने राति साढे ११ बजे मृत्यु भएको हो।
प्रदेश ३-०३-००१प ४९६३ नम्बरको मोटरसाइकल गए राति १० बजे अनियन्त्रित भएर पल्टिएको थियो। दुईमध्ये मोटरसाइकल कसले चलाएको थियो भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ।
फागुन १९, २०७९ शुक्रबार १०:३६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।