सोमबार ०१ असार, २०८३
माओवादीकी उर्मिला अर्याल बनिन् राष्ट्रियसभा उपाध्यक्ष, कांग्रेसले उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित
काठमाडौं: माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्। सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरे।
राष्ट्रियसभाको उपाध्यक्षका लागि अर्यालको मात्रै उम्मेदवारी परेको थियाे। यस पदका लागि नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको थियाे।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको रुपमा अर्यालले मनाेनयन दर्ता गराएकी थिइन्।
माघ २३, २०७९ सोमबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।