मंगलबार ०२ असार, २०८३
‘केपी ओली कप’ फुटबल प्रतियाेगिता आयोजना हुने, विजेतालाई १० लाख
काठमाडौंः ए डिभिजन क्लबहरुको सहभागितामा काठमाडाैंमा केपी ओली कप फुटबल प्रतियाेगिता आयोजना हुने भएकाे छ।
राष्ट्रिय युवा संघ नेपालले आयोजनामा गर्न लागेकाे प्रतियोगिता आगामी फागुन ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छ।
प्रतियाेगिताकाे उपाधि विजेता टिमले १० लाख नगद पुरस्कार पाउने आयोजकले शुक्रबार पत्रकार सम्मलेन गरी जानकारी गराएकाे छ। त्यसैगरी, उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्नेछन्।
केपी ओली कपका खेलहरु काठमाडौं उपत्यकाका विभिन्न खेल मैदानमा खेलाइने आयोजकले जनाएकाे छ।
माघ १३, २०७९ शुक्रबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।