सोमबार २३ चैत, २०८२
सोनाम ल्होछारमा गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा
नुवाकोट : नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले विज्ञप्ति सूचना निकालेर माघ ७, ८ र ९ गते तीन दिनसम्म स्थानीय पर्वका रूपमा सार्वजनिक बिदा दिने जनाएका हुन्।
सूचनाअनुसार तीन दिन पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी, गैरसरकारी, निजी संघसंस्थाहरु बन्द रहनेछन्।
यस्तै, तामाङको बसोबास रहेको नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले माघ ९ गते सोमबार एकदिन मात्र ल्होछार बिदा दिने निर्णय गरेको छ।
माघ ६, २०७९ शुक्रबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।