नेपाल टी–२० मा सट्टाबाजी खेलाएको आरोपमा तीन जना पक्राउ
काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल टि–२० क्रिकेटमा अनलाइन वेटिङ मार्फत सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका–३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जना छन्। उनीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं नाईट्स र जनकपुर रोयल्सबीचको खेलमा मोबाइल फोनको प्रयोग गरी हार–जितको लागि अनलाइन वेटिङ भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुष १३, २०७९ बुधबार १३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।