शुक्रबार १२ भदौ, २०८३
समानुपातिक सांसद छनोट गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं: नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्दैछ। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए।
उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा लगायतका विषयमा केन्द्रित हुनेछ। यसअघि हिजो बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो।
मंसिर २४, २०७९ शनिबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।