मंगलबार ०९ असार, २०८३
ललितपुरमा दुई बालिका बलात्कारको आरोपमा दुई किशोर पक्राउ
ललितपुर : दुई बालिका बलात्कारको अभियोगमा दुई किशोर पक्राउ परेका छन्।
१० वर्षीया र ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्वकर्मा र १९ वर्षीय मदन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरी प्रभाग बाडेगाउँले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक २९, २०७९ मंगलबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।