मंगलबार ०९ असार, २०८३
सुनको मूल्य उकालो लागेको लाग्यै, आज तोलामा ६ सयले बढ्यो
काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० तोकिएको छ। गत शुक्रबार सुन प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ३०० तोकिएको महासङ्घले जनाएको छ।
कात्तिक २७, २०७९ आइतबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।