मंगलबार ०९ असार, २०८३
चुनाव आएसँगै बैकंको निक्षेपमा सुधार
काठमाडौं: एक सातामा वाणिज्य बैंकमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थपिएको छ।
कात्तिक ११ गते ४५ खर्ब २४ अर्ब कुल निक्षेप वाणिज्य बैंकहरुमा रहेकोमा १८ गते आउँदा निक्षेप बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको हो।
चुनावी गतिविधिका कारण बैंकमा निक्षेप आएको आंकलन गरिएको छ।
निक्षेप संकलन बढे पनि थप कर्जा प्रवाह भएको छैन जसले गर्दा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) एक सातामा ०.०२ प्रतिशतले घटेको नेपाल बैकर्स संघले जनाएको छ।
कात्तिक २१, २०७९ सोमबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।