मंगलबार ०९ असार, २०८३
१५ वर्षीया किशाेरीमाथि बाल याैन दुरूपयाेग
ओखलढुंगा : १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ रहेका छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको प्रहरी चौकी कोषाहाटले जनाएकाे छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक २०, २०७९ आइतबार १२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।