मंगलबार ०९ असार, २०८३
नयाँ बजारमा काैडाकाे खालबाट १० जना पक्राउ
काठमाडौं : काठमाडौंको नयाँबजारमा कौडा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटा सहित पक्राउ गरेको हो।
कात्तिक २०, २०७९ आइतबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।